भारतलाई कोरोनाविरुद्ध लड्न टाटाले दियाे पाँच सय करोड

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरविरुद्ध लड्न टाटा ट्रस्टले भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने भएको छ। 

अहिले भारत तथा विश्वको वर्तमान स्थिति चिन्ताजनक रहेको र कोरोनाविरुद्ध लड्न तत्काल आपत्कालीन सहायता आवश्यक रहेको भन्दै अध्यक्ष रतन टाटाले सहयोगको घोषणा गरेका हुन्।

टाटा ट्रस्टले सबै समुदायलाई सशक्त बनाउन र सुरक्षित गर्न पाँच सय करोड भारु दिने प्रतिवद्धता व्यक्त गरेको छ। यो पाँच सय करोड भारु फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि चिकित्सा, रेस्पिरेटरी सिस्टम, परीक्षण किट्स आदिमा प्रयोग हुने बताइएको छ। 

शनिबार भएको पत्रकार सम्मेलनमा केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले एकैदिन एक सय ४९ जना संक्रमित भएको र दुई जनाको ज्यान गएको बताएका छन्। भारतमा अहिलेसम्म २४ जनाको ज्यान गएको छ भने संक्रमित हुनेको संख्या ९ सय ८७ भन्दा माथि छ।
 

प्रकाशित मिति: : 2020-03-29 20:21:43

प्रतिकृया दिनुहोस्