ट्रम्पले गरे इतिहासमै ठूलो आर्थिक सहायता सम्बन्धी विधेयकमा हस्ताक्षर

एजेन्सी

काठमाडाै‌ं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै सबैभन्दा ठूलो आकारको आर्थिक सहायता सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले २० अर्ब अमेरिकी डलर बराबरको सहयोता सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका हुन्। कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्नका लागि यो विधेयक ल्याइएको हो। 

दुई दिनअघि तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले दुई पार्टी (डेमोक्र्याटिक र रिपब्लिकन) को संयुक्त विधेयकलाई पारित गरेको थियो। त्यसपछि माथिल्लो सदन सिनेटमा यसमाथि छलफल भएको थियो। 

गएको बुधबारसम्म बेरोजगार भत्ताका लागि निवेदन दिने अमेरिकीको संख्या अहिलेसम्मकै उच्च ३३ लाख पुगेको थियो। अमेरिका अहिले कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बनेको छ। शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक लाख दुई हजार ३९६ पुगेको हो। यस्तै मृत्यु हुनेको संख्या १६ सय ७ पुगेको छ।

प्रकाशित मिति: : 2020-03-28 19:50:24

प्रतिकृया दिनुहोस्