सालकबाट कोरोना भाइरस फैलिएको आशंका

एजेन्सी

काठमाडाै‌ं

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। सालक स्तनधारी जीव हो जसको मासु खाना र पारम्परिक औषधिको रुपमा प्रयोग हुन्छ। यो अधिक तस्करी हुने मध्येको एक जीव हो। 

जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ कि यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ।’

यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा. टोमी लामले महामारीसँग सम्बन्धित कोरोनाको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए। तर, अहिलेसम्म कोरोना भाइरसको महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन। लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उनको भनाइ छ।

अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने सालकमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ किनभने कोरोना जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ।

अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्‍यो भन्ने कुरा रहस्यमै छ। यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ। तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन।

मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउँछन्। यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ।

चीनले यो भाइरस निस्किएसँगै जंगली जनवरको मासुमा प्रतिबन्ध लगाइएको छ। भियतनामले पनि चीनकोजस्तै योजना अघि सारिसकेको छ। अक्सफोर्ड यूनिभर्सिटीका डा। डान चालेन्डरले सालकमा कोरोना भाइरस रहेको पाइएको बताए। उनले अहिले फैलिएको कोरोना भाइरसको स्रोत प्रत्ता लगाउनुले यो भाइरसलाई बुझ्न र भविष्यमा देखिन सक्ने यस किसिमको महामारीमा रोक्न पनि निकै महत्वपूर्ण हुने बताए।


 

प्रकाशित मिति: : 2020-03-28 00:44:33

प्रतिकृया दिनुहोस्