भारतबाट पातरासी आएका ६ जना क्वारेन्टाइनमा

पातरासी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई राखिएको छ। डोरबहादुर विष्टले स्थापना गरेको कर्णाली इन्सिच्यूटमा तयार पारेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो। 

व्यापार तथा कामको शिलसिलामा भारतमा गएकाहरु धमाधम गाउँ फर्किन थालेपछि उर्थ चौतारामा हेल्थ डेक्सको स्थापना गरि गाउँ छिर्ने सबैको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेशको व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले बताए। 

‘एक साता अघि भारतबाट आएकाहरुलाई घरमै सुरक्षित बस्न आग्रह गरेका छौं,’ उनले भने,‘लकडाउनको बेला भारतबाट आएका ६ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौं।’

भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखेर मात्रै गाउँ पठाउने तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ। 

नाग्म हेल्थ डेक्समा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी नन्दराज उपाध्यायका अनुसार बुधवारमात्रै जुम्लको सिमाना नाग्मबाट ३ सय ४० जना जिल्ला भित्रिएका छन्। 

उनका अनुसार ६ जना चाइनीज नागरिकहरुले पनि हेल्थ डेक्समा आफ्नो स्वास्थ्य जाँच गराएका छन्। उनीहरुले आफू राराबाट आएको र पोखरा जाने बताएका थिए।

प्रकाशित मिति: : 2020-03-27 00:42:23

प्रतिकृया दिनुहोस्