विश्वव्यापी महामारीमा कोरोना पहिलो होइन

यसअघि पनि संसारमा व्यापक नरसंहार गर्ने भयानक महाव्याधिहरु फैलिएका थिए

रातोपाटी

काठमाडौँ

तुल्सीदास महर्जन

कोरोनाको कारण आजको मितिसम्म विश्वभरमा झण्डै २० हजारले ज्यान गुमाइसकेका छन् भने संक्रमितको सङ्ख्या ४ लाख पुग्न लागिसकेको छ । अहिले विश्वभरका १ सय ९४ देशमा कोरोना भाइरसले प्रवेश पाइसकेको छ । त्यसैले आम रुपमा फैलिन नदिनका लागि मुलुकहरुले आआफ्नो देशलाई पूरै लकडाउन गर्ने कार्य धमाधम गर्दैछन् । यति भयावहको स्थिति सम्भवतः विश्वयुद्धको समयमा पनि भएन । कोरोनाको संक्रमण फैलिने र संक्रमणबाट मानिसहरु मर्ने क्रम कहिलेसम्ममा रोकिने हो, त्यो अहिले अनुमानको विषय मात्र भएको छ । त्यसैले विश्वमा भयावहको अवस्था अझै लम्बिने प्रष्ट छ । नेपालमा पनि अहिलेसम्म दुईजना संक्रमित भएको र पछिल्लो संक्रमित एक युवती अहिले काठमाडौंमा आइसोलेसन वार्डमा रही उपचार गराइरहेकी छन् ।

सुरुका संक्रमित व्यक्ति यसअघि नै उपचारबाट निको भई सामान्य जीवनमा फर्किसकेका छन् । तर, पछिल्लो संक्रमित व्यक्तिको कारणबाट ‘लौ अब नेपालमा पनि साँच्ची नै कोरोना भित्रियो’ भन्ने महसुस गरी नेपाल सरकारले गत मंगलवार (चैत्र ११ गते) देखि एक हप्ताका लागि पूरै देश लकडाउन गरेको छ । यस्तो अवस्थामा हामीलाई लाग्न सक्छ कि विश्वमा मानव जातिमाथि अहिले आइपरेको अप्ठेरो अवस्था नौलो हो र यसले कहिँ मानव सभ्यता एवं अस्तित्वलाई नै सखाप त पार्ने होइन ?

प्रकाशित मिति: : 2020-03-26 03:57:48

प्रतिकृया दिनुहोस्