मलेसिया लकडाउन भएको ८ दिन भयो।
सरकारले गर्न चाह्यो भने के असफल हुँदोरहेछ र।
मलेसिया लकडाउन भएको आठ दिन भयो मानिसहरू भित्रबाट बाहिर निस्कन पाएका छैनन्। जेल जीवन जस्तै उकुसमुकुस छ। तर पनि सरकारको निर्णयलाई पालना गरि दुःख सुख कोठा भित्रै बसिरहेका छौ।
एउटा कोठाभित्र दिन कटाउन सजिलो छैन। बहुत मुश्किल छ। तर पनि केहि समयको धैर्यता पछि यो महामारी नियन्त्रण भयो भने हामीले जित्नेछौं।
यदि हामीले सरकारको निर्णय अटेर गरे हामीलाई कोरोनाले जित्नेछ र सर्वश्व पार्नेछ। त्यसैले सबैभन्दा पहिले हामी सजग हुन जरूरी छ।
आज हामीले आफ्नो कोठामा बसेर खान बस्न र मोबाईल, फोन, ईन्टरनेट चलाउन पाएका छौं। कुनै लक्षण देखियो भने सरकारले तोकेको अस्पतालमा लग्छ। हामी कोठामा सेल्फ क्वारेनटाईनमा बस्दा त यस्तो औडाह उकुसमुकुस भएको छ त्यो ठाउँमा के होला हामी नजरअन्दान गर्न सक्दैनौं।
सरकारले लकडाउन भने पछि चुपचाप भित्र गुम्सिएर बस्न बाध्य भएका छौं। तर, नेपालमा लकडाउन भने पछि झन भित्र बस्न नहुने भनेजस्तो गरि सार्वजनिक ठाउँमा भीडभाड गरिरहेका छन्। किन यति अबुझ भएका नेपाली? किन नटेरेको होलान्?
राज्यले पनि यति बेला सचेतना जगाएर हुन्छ कि भाटा हानेर हुन्छ बाहिर निस्किन र भिडभाड गर्न बन्द गर्नुपर्छ। यो विषयमा राज्य निर्मम नभए ठूलो मुल्य चुकाउनु पर्नेछ।
चीनको वुहानबाट फैलिएको महामारी कोभिड १९ अर्थात कोरोना भाईरसले यो आलेख तयार पार्दासम्म ४ लाख २३ हजारभन्दा बढीलाई संक्रमण भएको छ। जसमध्ये १ लाख १० हजार मानिस मानिस तन्तुरूस्त भए। संक्रमित मध्ये १५ प्रतिशत अर्थात करिब १९ हजारको ज्यान गइसकेको छ।
चीनको एउटा राज्यबाट फैलिएको कोरोना अहिले विश्वको १९७ वटा मुलुकमा फैलिसकेको छ।
यसको नियन्त्रणका लागि विश्वका शक्तिशाली राष्ट्रहरू लागिपरेका छन्। तर पनि विकसित र प्रविधियुक्त देशमा यसको प्रभाव अझ जटिल बनिरहेको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई अतिनै जोखिमपूर्ण राष्ट्रको रुपमा राखिसकेको छ।
यद्यपी हालसम्म नेपालमा एक जना मात्र संक्रमित छन्।
पछिल्लो समय चीनले यसको नियन्त्रणमा छलाङ मारिरहेको छ। २ महिनामा ८० हजार संक्रमित फेला परेको चीनमा त्यसयता नगन्य मात्रामा बिरामीहरू फेला परिरहेका छन्। इटालीमा अप्रत्यशीत रूपमा बिरामी र मृतकको संख्या बढिरहेको छ। यो आलेख तयार पार्दासम्म इटालीका करिब ७ हजार जनाले ज्यान गुमाइसकेका छन्। चीनमा ३२८१ले ज्यान गुमाउँदा स्पेनमा पनि करिब ३ हजारले ज्यान गुमाइसकेका छन्।
ईटालीको अवस्था पनि सुरूवातमा नेपाल जस्तै थियो। उनीहरुले यसलाई सिरियस रुपमा लिएकै थिएनन्। यसैबीच नेपालले पनि ढिलै भए पनि लकडाउन गर्ने निर्णय गर्यो।
मलेसियामा हालसम्म कोरोना संङक्रमितको सङख्या १६२४ छ भने मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। १८३ जना सङक्रमित उपचार पछि सामान्य अवस्थामा फर्किएका छन्।
आज मलेसिया लकडाउनको आठौं दिन हो। मलेसिया सरकारको आदेशमा यहाँको उत्पानमुलक कम्पनी, विद्यालय, सरकारी कार्यलय, सभासम्मेलन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रम सबै बन्द छन्।
सरकारको आदेशलाई उलङ्घन गरेमा दुई वर्षसम्म जेल र दश हजार रिङ्गेटसम्म जरिवान हुनसक्ने भनिएको थियो।
मलेसिया सरकारले कोरोना फैलिन नदिन अनिवार्य माक्स प्रयोग गर्नुपर्ने,भिडभाडमा हिड्न नहुने कुनै खेल खेल्न हेर्न र जम्काभेट गरि बस्न नपाईने भनिएको थियो।
मलेसिया सरकारको नियमलाई विभिन्न देशबाट रोजगारीको शिलसिलामा आएका मानिसले शिरोपर गरेका छन्।
सरकारको नियमलाई सबैले मानिरहेका छन्। रोड नै ढाकेर चल्ने सवारी र मानिसहरुको बाक्लो भिड हुने सहर अहिले जताततै सुनसान छ।
रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत कामदारहरू होस्टेलबाट बाहिर निस्किएका छैनन्। बाहिर निस्कनै परे निश्चित समयका लागि जान पाउँछन्।
आठौं दिनसम्म आईपुग्दाको अवस्था बहुत निरासजनक छ। केही मार्केट जानेहरुको कुरा सुन्दा पहिले जस्तो सामान बजारमा छैन भनिरहेका छन तर पनि दालचामल अन्य खाद्यान्नमा जवरजस्त महङ्गी भने थोपिरीएको छैन। जति पहिलाको मूल्य हो त्यही मूल्यमा सामान पाईरहेको छ।
सिस्टममा भएको देशमा जतिसुकै आपतविपद परे पनि कालोबजारीको मार खेप्न नपर्ने रहेछ भन्ने बुझियो।
नेपालमा रासन पानी ग्यास लगाउने माक्समा समेत कालोबजारी भईरहेको अवस्थामा यहाँ हामीले उही मुल्यमा भएका सामान सहज मुल्यमा पाइरहेका छौं।
यसको मतलब यहाँका ब्यापारीले सरकारको नियमलाई उलङ्घन गरि नागरिकमाथि कालोबजारी गर्न सक्दैनन् भन्ने प्रस्ट बुझिन्छ।
मलेसिया त्यही देश हो। जुन दिन चुनाव प्रत्यासीले कार्यकारी चुनाव जित्यो र देशको नेतृत्व लियो त्यसको चौविस घण्टा नपुग्दै कार्यकारी प्रमुखलाई नै हत्कडी लगाउने देश हो। यहाँको नीतिनियमलाई सबैले स-सम्मान शिरोधर गरेका छन्।
यो समय अहिलेको लागि १४ दिन बन्द गरिएको हो। यदि कोरोना नियन्त्रणमा कमि देखिएन भने अझ बढ्नसक्छ।
यहाँको सरकार कोरोणा नियन्त्रण गर्न डटेर लागिपरेको छ।
हामी नेपाली नागरिक किन अनविज्ञ भएको परदेशमा यसरी नीतिनियम निर्धक्क पालन गर्न सक्छौ। तर, आफ्नो देशमा किन टेरिरहेका छैनौं।
लकडाउन भन्ने वित्तिकै बसपार्क पुरिने गरि मानिसहरु सडकमा निस्केका छन्। सीमानाबाट भिडका भिड आईरहेका छन्। किन त्यति अबुझ भएका होलान् अझ क्वारेनटाईनमा बसेका पनि भागभाग गरिरहेका छन्र यसरी नेपाल बहुत जोखिममा पर्ने देखिन्छ।
लकडाउन भनेको लखरलखर सडकमा हिड्नुस् भनेको हैन यो विपद परस्थितिमा सरकार कमजोर भएको छ नागरिकले यस्तो बेलामा सघाउने हो।
यो देश सरकारको मात्र हैन आपतविपतमा नागरिकले सरकारलाई कुनै न कुनै तरिकाबाट सघाउने हो। यो समस्याको समाधान सिङ्गो सरकार र आम नागरिक मिलेर मात्र समाधान हुन सक्छ अन्यथा विकराल समस्या आउन सक्छ।
सबै घर भित्र बसौं। सरसफाईमा ध्यान दिऊ कुनै कोरोनाको सङ्क्रमण भएको लक्षण देखिए तुरून्तै अस्पताल जाऊ आफू बचौं र अरुलाई बचाऊँ।