अन्नपूर्ण पोष्ट
नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजिटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘भाइरस पोजिटिभ देखिएपछि हिजो (आइतबार) बेलुका उनलाई अस्पतालमा लगेका छौं’, मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलनमा भने। मन्त्री ढकालका अनुसार संक्रमितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे जानकारी पत्रकार सम्मेलनमा दिइयो। उनी चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं ओर्लिएकी थिइन्।
संक्रमित विद्यार्थीको गोपनीयतालाई ध्यानदिनुपर्ने उल्लेख गर्दै मन्त्री ढकालले विस्तृत जानकारी दिन अस्वीकार गरे। ‘उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्थ्यो’, उनले भने, ‘होम क्वारेन्टाइनबाट रेकर्ड पोजिटिभ आएपछि हामीले अस्पताल पुर्याएका हौं।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया