अन्नपूर्ण पोष्ट
नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजिटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘भाइरस पोजिटिभ देखिएपछि हिजो (आइतबार) बेलुका उनलाई अस्पतालमा लगेका छौं’, मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलनमा भने। मन्त्री ढकालका अनुसार संक्रमितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे जानकारी पत्रकार सम्मेलनमा दिइयो। उनी चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं ओर्लिएकी थिइन्।
संक्रमित विद्यार्थीको गोपनीयतालाई ध्यानदिनुपर्ने उल्लेख गर्दै मन्त्री ढकालले विस्तृत जानकारी दिन अस्वीकार गरे। ‘उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्थ्यो’, उनले भने, ‘होम क्वारेन्टाइनबाट रेकर्ड पोजिटिभ आएपछि हामीले अस्पताल पुर्याएका हौं।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया