काेराेनाबारे सचेतना फैलाउन के गर्दैछन् सेलिब्रेटी?

काठमाडौंप्रेस

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट जोगिन सेलिब्रेटीहरु सचेतना जगाउन जुटेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत सचेतना सन्देश प्रवाह गरिरहेका छन्।

नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले पूर्वतयारी थालेसँगै सेलिब्रेटी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन्। उनीहरू घरबाहिर निस्किन छोडेका छन्। धेरै मान्छेसँग भेटघाट पनि गर्न छोडेका छन्।

अभिनेता राजेश हमाल पनि सेल्फ क्वारेन्टाइनमा छन्। उनले सेल्फ क्वारेन्टाइनबाटै भिडियो सन्देश जारी गर्दै सचेतना अपनाउन सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘साबुन पानीले हात धोऔं।’

हात नमिलाउन पनि हमालले आग्रह गरेका छन्। ‘कति जना नमस्कार गरेपछि पनि फेरि हात मिलाउन पुग्छन्। यसरी दोहोरो कार्य गरिराख्न आवश्यक छैन,’ हमालले भनेका छन्।

उनले कोरोना भाइरसको महामारीबाट पाठ सिक्दै स्वस्थ रहन र वातावरण जोगाउन पनि ध्यान दिनुपर्ने बताएका छन्। ‘सबैले के पाठ सिक्नुपर्छ भने स्वास्थ्य र वातावरण सबैले जोगाएर राख्नुपर्छ,’ उनले भनेका छन्। त्यस्तै, उनले घरभित्रै बस्न र धेरैसँग भेटघाट नगर्न पनि हमालले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-03-23 05:47:46

प्रतिकृया दिनुहोस्