पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणको जोखिमका कारण विशेष पूजा स्थागित गरेको हो।
पशुपतिनाथ मन्दिरमा र वासुकी मन्दिरमा शुल्क तिरेर विशेष पूजा हुने गरेको छ । पशुपतिनामा मन्दिरमा १ हजार १ सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुन्छ ।
नियमित पूजा भने यथावत रहेको छ। नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दूरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ।
यसकै कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या कम हुँदै गएको छ। मन्दिर परिसरमा ठाँउ-ठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ।