बिएल संवाददाता
अमेरिकामा ट्याक्स फाइलको डेडलाइन बढाएर जुलाई १५ सम्मका लागि कायम गरिएको छ। अरू सामान्य अवस्थामा अप्रिल १५ सम्ममा टयाक्स फाइल गरिसक्नुपर्नेमा सरकारले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न समस्यासँग जुध्न ९० दिन म्याद थपेपछि अमेरिकी करदातालाइ यस्तो सुविधा प्राप्त भएको हो।
अमेरिकी ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनले शुक्रबार ट्याक्स फाइलको डेडलाइन थपिदिएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा यस्तो निर्णय लिएको जानकारी दिए।
ट्याक्स फाइलको डेडलाइन व्यक्तिगत र विजनेश दुबै क्याटागोरीका लागि बढाइएको हो । नयाँ डेडलाइनभित्र ट्याक्स फाइल गर्दा कुनै पनि किसिमको अतिरिक्त शुल्क लाग्ने छैन।
यसैबीच ट्रेजरी सेक्रेटरी मन्चिनल ट्याक्स रिफण्ड पाउने करदातालाई जतिसक्दो चाँडो ट्याक्स फाइल गरेर रिफण्ड रकम लिन आवहान गरेका छन्। उनले त्यस्तो रकम यो अप्ठ्यारो समयमा काम लाग्ने पनि बताएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया