क्वारेन्टाइनका लागि एकल महिला समूहले ३ सय ६५ जना जना राख्न सकिने भवन दिने

काठमाडौं । कारोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लिली थापा नेतृत्वको एकल महिला समूहले सरकारलाई छहारी भवन उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

मानव अधिकारको लागि महिला, एकल महिलाको समूहका तर्फबाट संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई मन्त्रालयमा भेटी उक्त भवन उपलब्ध गराउने जानकारी दिएका हुन् । 

संस्थापक अध्यक्ष लिली थापाले विभिन्न जिल्लामा एकल महिला समूहको निम्ति बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइएको जानकारी दिदैं उक्त भवनमा ३ सय ६५ जनालाई राख्न सक्ने क्षमता रहेको बताइन् ।  उक्त समूहले सुनसरी, झापा, धनकुटा, संखुवासभा, काठमाडौं, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलाली जिल्लामा रहेको भवनको सम्पूर्ण विवरण सहित सरकारलाई उपलब्ध गराएको छ ।

सरकारले कोभिड–१९ महामारी रोकथामका निम्ती अवलम्बन गर्दै आएको उपायको सराहना गर्दै एकल महिला समूहले क्वारेन्टाइन सेवाका लागि आवश्यक समयसम्मका निम्ती प्रयोग गरी संचालन गर्न आग्रह गरेको छ ।

एकल महिला समूहको प्रतिवद्धतापत्र बुझ्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले प्रतिवद्धताका निम्ति धन्यवाद व्यक्त गर्दै महामारी रोकथामका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । 

अहिलेको अवस्था सजग रहने मात्रै भएको बताउदैं परेको खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोभिड–१९ विरुद्ध काम गर्न सरकार तम्तयार रहेको धारणा राखेका थिए । सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरिएको उल्लेख गर्दै आतंकित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह गरे । 

प्रकाशित मिति: : 2020-03-21 04:45:28

प्रतिकृया दिनुहोस्