राष्ट्रियसभा चुनावको टिकट लिन शेखर सिंहले पार्टीलाई अढाई करोड बुझाएको आरोप (फोन संवादसहित)

मलाई बदनाम गराउने षड्यन्त्र : सिंह

रातोपाटी

काठमाडौँ

राजनीतिक दलले निर्वाचनको उम्मेदवारी टिकट तथा समानुपातिक सीट बेचबिखन गर्ने गरेको चर्चा नौलो होइन । मधेशवादी दलमा पनि यस्ता विषय बेलाबखत चर्चामा आउने गरेका छन् । हालै सम्पन्न राष्ट्रियसभा चुनावमा पनि रकमको चलखेल भएको चर्चा चलेको थियो । यसबारेमा समाचारहरु पनि प्रकाशमा आएका थिए ।

सोही घटनालाई पुष्टि गर्नेगरी हालै रकम लेनदेनको विषयसहितको एउटा फोन वार्ताको अडियो रेकर्ड बाहिर आएको छ । राष्ट्रिय सभाका लागि टिकट लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष शेखर सिंहले पार्टीलाई अढाई करोड रुपियाँ दिएको तथ्य सार्वजनिक भएको हो ।

प्रकाशित मिति: : 2020-03-20 04:29:29

प्रतिकृया दिनुहोस्