कोरोनाबाट बच्‍न भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्‌। नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक हो। त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल आइरहेका छन्‌।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुककाे सूचीमा राखिसकेको छ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकजसो हवाईमार्ग हुँदै भारतीयहरू नेपाल आउने क्रम बढेको छ। 
 

प्रकाशित मिति: : 2020-03-20 04:21:37

प्रतिकृया दिनुहोस्