‘मर्जरको अनुभवले खारिएका छौँ, २ मा २ जोड्दा २२ हुनेगरी सिनर्जी इफेक्ट ल्याउँछौँ’

अनुपमा खुञ्जेली, प्रमुख कार्यकारी अधिकृत, मेगा बैङ्क नेपाल लिमिटेड

टुना भट्ट

काठमाडाै‌ं

डिसेम्बर २०१९ मा चीनको उहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले विश्व अर्थतन्त्रलाई गहिरो असर पारेको छ । यतिबेला कोभिड–१९ को असरलाई लिएर विश्वले चिन्ता व्यक्त गरिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ०.४ प्रतिशतको क्षति पुग्ने र यसले एसियाली मुलुकको अर्थतन्त्रमा झन् बढी प्रभाव पार्ने प्रक्षेपण गरेको छ । कोरोनाको असर नेपालको अर्थतन्त्रमा पनि देखिएको छ । पर्यटन, होटल लगायतका क्षेत्रमा ठूलो असर परिरहँदा नेपालका बैङ्किङ क्षेत्रमा भने अहिलेसम्म खासै ठूलो असर देखिएको छैन । बैङ्कहरुले सङ्क्रमण फैलियो भने के गर्ने भनेर सतर्कता भने अपनाएका छन् । विशेष गरेर नोटबाट सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बैङ्कहरुले विशेष सतर्कता अपनाउन थालेका छन् । 

नेपालका २७ वाणिज्य बैङ्कमध्येको एक हो ‘मेगा बैङ्क नेपाल’ । स्थापनाको ९ वर्षे अवधिमै यसले उत्कृष्ट बैङ्कको उपाधि हात पार्न सफल भयो भने सोही बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले उत्कृष्ट महिला व्यवस्थापकको उपाधि हात पारिन् । यतिबेला बैङ्क तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा केन्द्रित भइरहेका छन् । गण्डकी विकास बैङ्कलाई एक्वायर गर्ने अन्तिम तयारीमा रहँदा मेगा बैङ्क अर्को ‘बिग मर्जर’को लागि पनि ढोका खुला गरेर बसेको छ । प्रस्तुत छ, गण्डकी विकास बैङ्कको एक्विजिसनका लागि मेगा बैङ्कको तयारी, ‘बिग मर्जर’को सम्भावना, बैङ्कको समग्र अवस्था र पछिल्लो समय प्राप्त गरेको एकपछि अर्को सफलता र बैङ्किङ क्षेत्रमा कोरोनाभाइरसको प्रभावमा केन्द्रित रही मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीसँग रातोपाटीका लागि टुना भट्टले गरेको अन्तर्वार्ता ।

प्रकाशित मिति: : 2020-03-19 21:27:04

प्रतिकृया दिनुहोस्