बिएल संवाददाता
कुनै बेला आफ्नो खुट्टाको बलले विश्व फुटबललाई तरंगीत तुल्याएका रोनाल्डिन्हो अहिले आफै तरंगीत भएका छन्। उनलाई नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत बुधबार पाराग्वे प्रहरीले पक्राउ गरेका थियो। विमानस्थलमा सामान्य चेकजाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोलाई केही घण्टाभित्रै प्रहरीले हिरासतमा लियो। पराग्वे प्रहरीका अनुसार उनीहरूको कागजपत्र नक्कली थियो।
दुबैलाई पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनामा राखिएको छ। रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकिल सर्जिओ क्विरोजले दाबी गरेका छन्। वकिल क्विरोजले रोनाल्डिन्हो र उनका भाईलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारसमक्ष आग्रह गरेका छन्।
तर, खासमा उनीहरूको पासपोर्ट नक्कली भएको पुष्टी भइसकेको छ। यसको पछाडि एउटा कारण देखिएको छ। रोनाल्डिन्होका बुवाआमाको गुइबा नदीमा फिसिङ प्लेटफर्म छ। जुन ब्राजिली सरकारले कानुनविपरित खोलिएको भन्दै २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएको थियो।
यही मुद्धामा रोनाल्डिन्होलाई पनि ब्राजिलको अदालतले देशबाहिर जाँदा अनुमति लिनुपर्ने निर्देशन दिएको थियो।
उनले आफ्नो बुवाआमाको जरिवाना तिनै सहयोग नगरेको भन्दै अदालतले बाहिर जान रोक लगाएको हो। रोनाल्डिन्होले आफूले प्रयोग गरेको पासपोर्ट नक्कली भएको आफूलाई थाहा नभएको प्रष्टीकरण दिँदै आइरहेका छन्। तर, पाराग्वे प्रहरीले उनको कुरा पत्याएको छैन।
सन् २००० तिर मनग्यै पैसा कमाएका रोनाल्डिन्होको आर्थिक अवस्था अहिले त्यति राम्रो छैन। स्पेनिस क्लब बार्सिलोनालाई यो अवस्थामा पु¥याउन हाल लिओनल मेसीले गरे जस्तै, कुनै बेला रोनाल्डिन्होले पनि गरेका थिए। तर, उनलाई छुटाउन न पूर्वक्लबले सम्झिएको छ, नत उनका समकक्षीले नै। तर, उनीभन्दा निकै जुनियर तथा बार्सिलोनामा हुँदा मेसीको क्षमता अभिबृद्धि गर्न केही योगदान पु¥याएका, उनै मेसीले रोनाल्डिन्होलाई छुटाउन ४ मिलियन युरो खर्चिने खबरले यति बेला विश्व तातेको छ।
‘उनी अप्ठ्यारोमा परेको बेला म कसरी चुप लागेर बस्न सक्छु? रोनाल्डिन्होको कानुनी लडाईमा लाग्ने सबै खर्च ब्यहोर्ने घोषणा गर्दछु,’ मेसीले भनेका थिए। विश्व फुटबलका यी महान हस्तीको यो भनाई सुन्दा लाग्छ, उनी फुटबल मैदानभित्र मात्र ‘हिरो’ होइनन्, असली जिन्दगीमा पनि साच्चिकै धनी छन्। ‘मेसी त्यसै मेसी भएका हैनन्। उनी कति महान छन् त्यो भन्ने मसँग शब्द छैन। उनले गरेको यो मायाले मेरा आँखाबाट गौरवका आँसु झरे। म तिनै गर्वका आँसुका केही थोपाले उनको नाम लेख्न चाहन्छु,’ मेसीको प्रतिक्रियापछि रोनाल्डिन्होले भनेका छन्।
हुन् त पाराग्वेका अधिकारीले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको बताएका छन्। र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन्। तर, उनी मेसीको सहयोगले छुट्ने हुन कि अदालतको दयाले? यो भने हेर्न बाँकी छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया