अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन अंकमा उक्लिएको छ। भर्खरै प्राप्त सूचनाअनुसार कम्तीमा पनि एक सय जनाको मृत्यु भएको पुष्टि भएपछि अमेरिका कोरोना भाइरसबाट मृत्यु हुने तीन अंकको क्लवमा प्रवेश गरेको हो।
मृत्यु हुनेमा सबैभन्दा बढी वासिङ्टनमा ५० जनाको मृत्यु भएको छ भने त्यसपछि न्युयोर्क र क्यालिफोर्नियामा समान १२-१२ जनाको निधन भएको छ। त्यसैगरी फ्लोरिडामा पाँच, लुजियानामा ४, न्युजर्सीमा तीन, भर्जिनिया र इण्डियानामा र २-२ र क्लोराडो, ओरेगन, इलिनोय, केन्टकी, कान्सास, साउथ डाकोटा, साउथ कारोलाइना, नेभादा, जर्जिया र टेक्सासमा १-१ जनाको मृत्यु भएको छ।
अमेरिकामा फेब्रुअरी २९ मा कोरोना भाइरसबाट मृत्यु हुने विरामी पाइएको थियो । त्यसयताका १७ दिनमा एकसयभन्दा बढीले ज्यान गुमाएका छन्। सोमबार मात्र १९ जनाको ज्यान गएको थियो ।
यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या पनि बढेर ५३४९ पुगेको छ। यो संख्यामध्ये ४९ अमेरिकाबाहिर संक्रमित भएका हुन् भने बाँकि सबै अमेरिकामै संक्रमित भएका हुन्।