नेपालकी पहिलो रक गायिकादेखि सेनाकी मेजर डाक्टरसम्मको यात्रा

रातोपाटी

काठमाडाै‌ं

‘अजिब दास्तां हे ये

कहाँ सुरु कहाँ खतम

ये मञ्जिलें हे कौन सी

न वो समझ सके ना हम’

आमा किशोरी सिंहले गाएका यस्तै हिन्दी गीतहरु सुनेर हुर्किएकी हुन् उनी । आमा को हुन् ? आमा मिहिनेत र सीपका खानी हुन् । आमा प्रेम र सौन्दर्यकी मुहान हुन् । आमा दया र क्षमाशीलताका फोहोरा हुन् ।  आमा सन्तानको पहिलो प्रेम हुन् । आमा पहिलो शिक्षिका पनि हुन् ।

तिनै आमालाई पछ्याउँदै उनले पनि गीत गाउन सिकिन् । आमाको स्वर असाध्यै मीठो, सुनिरहूँ लाग्ने । उनकी आमाले सङ्गीत क्षेत्रमा केही गर्ने मौका पाइनन्, त्यो छुट्टै कुरा हो तर त्यही गुण उनले जन्मजात आमाबाट पाइन् । त्यसैले त गीत सुन्नेबित्तिकै दिमागमा बसिहाल्थ्यो । सुत्ने बेला कुनै गीत सुने बिहान उठ्दा कण्ठस्तै हुन्थे ।

विद्यालयबाट सुरु भएको उनको सङ्गीत यात्राले उनलाई नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सघाएको छ– नेपालको पहिलो महिला रक गायिकाको रूपमा । उनी नेपाली ‘म्युजिक सीन’मा तत्कालका लागि सक्रिय छैनन् तर इतिहास कसैगरी बदल्न सकिन्न । हो, उनले इतिहास रचेकी छिन् । पहिलो महिला रक गायिकाको ताज उनीबाट कसैले खोस्न सक्दैन ।

तर अहिले उनको पहिचान फेरिएको छ । कुनै बेला कपाल छोडेर ‘हेड ब्याङ्ग’ गर्दै स्टेजमा प्रस्तुति दिने उनी अहिले बिरामीको ‘भगवान’ बनेकी छिन् । भविष्यमा डाक्टर बन्ने इच्छा राख्नेहरुका लागि एनाटोमीकी प्राध्यापक भएकी छिन् । 

प्रकाशित मिति: : 2020-03-18 02:39:03

प्रतिकृया दिनुहोस्