अमेरिकामा सोमबार एकै दिन थप १९ जनाको मृत्यु भएपछि कोभिड- १९ बाट मर्ने अमेरिकीको संख्या ८७ पुगेको छ। यसैगरी सोमबार एकै दिन ९८७ संक्रमित भएपछि संक्रमित अमेरिकीको संख्या पनि बढेर ४६६७ पुगेको छ ।
सीडीसीको पछिल्लो बुलेटिनअनुसार अमेरिकामा कोरोना भाइरससँग जीवन/मरणको लडाईं लडिरहेकाको संख्या १२ छ। उनीहरूको अवस्था चिन्ताजनक जनाइएको छ। ४४९४ जनाको अवस्था सामान्य बताइएको छ भने उपचार गरेर फर्किएकाको संख्या ७४ मात्र छ।
अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी वासिङ्टन राज्यमा ४८ जनाको मृत्यु भैसकेको छ। त्यसपछि क्रमश: क्यालिफोर्निया ११, न्युयोर्क ५, फ्लोरिडा ४, न्युजर्सी र लुजियानामा ३-३, भर्जिनियामा २ रकोलोराडो, साउथ डकोटा,कान्सास, जर्जिया, इण्डियना, केन्टकी, नेभादा, ओरेगन र साउथ क्यारोलिनामा १-१ जनाको मृत्यु भएको छ।
अमेरिकामा सोमबार एकै दिन थप १९ जनाको मृत्यु भएपछि कोभिड- १९ बाट मर्ने अमेरिकीको संख्या ८७ पुगेको छ। यसैगरी सोमबार एकै दिन ९८७ संक्रमित भएपछि संक्रमित अमेरिकीको संख्या पनि बढेर ४६६७ पुगेको छ ।
वासिङ्टन र न्युयोर्कबीच कोरोना संक्रमितको संख्यामा को पहिला हुने भनेर दोहोरो चलिरहेको छ। सोमबार वासिङ्टनलाई जितेर न्युयोर्क पहिलो भएको छ। आज न्युयोर्कमा ९५० संक्रमित पुग्दा वासिङ्टनमा ९०९ मात्र रहेका छन्। एकसयभन्दा बढी संक्रमित हुने राज्यमा न्युयोर्क र वासिङ्टनबाहेक क्यालिफोर्निया (४४८), मासाचुसेट्स (१९७), न्युजर्सी, (१७८), कोलोराडो (१६०), फ्लोरिडा (१५४), लुजियाना (१३६) जर्जिया (१२१)र इलिनोय (१०५) रहेका छन्।
अमेरिकाको राजधानी वासिंटन डिसीसहित ४९ राज्य कोरोनाको कहरमा परिसकेका छन्। अहिलेसम्म वेष्ट भर्जिनिया राज्यमा मात्र संक्रमित भेटिएका छैनन्।