हिमेश पन्तले पाए ड्याट्सन रेडी गाे १.०

कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० हस्तान्तरण गरिएको छ।

नेपालका लागि ड्याट्सन तथा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालीका सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले ड्याट्सन रेडी गो १.० को साँचो हस्तान्तरण गरेका हुन्।

फाइनलमा सुमन कोइराला ‘दले दाइ’ र खड्गबहादुर पुन मगर ‘खबपुलाई पछि पार्दै हिमेश विजेता भएका थिए। 

प्रकाशित मिति: : 2020-03-17 09:28:38

प्रतिकृया दिनुहोस्