सन् १९९०को दशकमा चीन धनी भइरहेको थियो। तर चीनलाई त्यो विकास अपर्याप्त थियो। त्यतिबेला पनि चीन संसारका कूल गरिबको पाँच भागमा एक भाग गरिब बस्ने देश थियो। मुद्रास्फिति घटबढ हुने भइरहेथ्यो जसले सरकारको सक्रिय भूमिकाको माग गरिरहेथ्यो। बेइजिङले राज्य–नियन्त्रित कम्पनीहरूलाई छरितो र प्रभावकारी हुन दबाब दिइरहेथ्यो। उक्त दबाबले लाखौं मजदुरहरूले जागिर गुमाइरहेथे।
चीनलाई तिव्र आर्थिक वृद्धिको आवश्यकता थियो। त्यही वृद्धि हासिल गर्नका लागि चिनियाँ नेताहरूले विश्व व्यापार संगठन (डब्लुटिओ)का सदस्यता लिने निर्णय गरे। विश्व व्यापार संगठनको सदस्यताले एकातर्पm विश्व बजारमा चिनियाँ उत्पादनमाथि लाग्दै आएको करको दर घटायो भने विदेशी कम्पनिहरूलाई चीनमा थप लगानीका लागि विश्वासको वातावरण निर्माण गर्यो। त्यस्तै यो सदस्यताले चीनलाई मानवअधिकारको वार्षिक परिक्षणबाट पनि उन्मुक्ति दियो।
विश्व व्यापार संगठनको सदस्यता लिँदै गर्दा चीन राजनीतिक र आर्थिक खुलापन अपनाउन बाध्य हुनेछ भन्ने बाँकी विश्वको अनुमान थियो।
सन् २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले त भनेकै थिए – ‘चीनले आफ्नो अर्थतन्त्रलाई जति खुला बनाउँछ त्यति नै उसले आफ्नो जनताको क्षमता पनि बढाउनेछ। उनीहरूको पहल, उनीहरूको कल्पना र उद्यमशील भावना बढ्नेछ।’...