कोभिड-१९ महामारी : अपेक्षित परिदृश्य र हाम्रा विकल्प

डा. अनूप सुवेदी

यो लेखमा कोरोनाभाइरसको वैश्विक महामारीको परिदृश्यको बदलिँदो बुझाइको पृष्ठभूमिमा हामीले नेपालमा के अपेक्षा गर्ने र कसरी क्षति कम गर्ने भन्ने बारेमा चर्चा गरिनेछ । सबैलाई असर गर्न सक्ने यस्तो असाधारण महामारीबारे थाहा भएसम्मको सही सूचना उपयुक्त सन्दर्भसहित पारदर्शी ढंगले आमनागरिकमा पु-याउन सकियो भने मात्रै महामारीसँग लड्न सबैको सहयोग र सद्भाव जुटाउन सकिन्छ । अपेक्षित परिदृश्यबारे बुझाउन सकियो भने जनतामाझ सरकारप्रति कुनै अन्यायपूर्ण अपेक्षा र आशंका रहेछन् भने तिनलाई निवारण गर्न सकिन्छ, जनताको विश्वास र सद्भाव पाएर सरकारलाई आवश्यक निर्णय लिन र लागू गराउन सजिलो हुन्छ र आमनागरिकले पनि आ–आफ्ना जिम्मेवारी बुझेर तिनलाई स्वस्फूर्त पूरा गर्ने आशा गर्न सकिन्छ ।

कोभिड–१९को संक्रमण विश्वभरको जनसंख्याको घटीमा २० देखि ४० प्रतिशतमा फैलिने अनुमान महामारीशास्त्रका विज्ञले गरेका छन् । सन् २०११मा गरिएको सर्वेक्षणमा काठमाडौं उपत्यकाका अस्पतालमा सघन उपचार शया ३३१ वटा र भेन्टिलेटर १६१ वटा रहेका थिए । कल्पना गरौंँ, एकै समयमा काठमाडौंमा २० हजार मान्छे कोभिड–१९बाट संक्रमित भएछन् रे । भर्खरै प्रकाशित भएको विश्व बैंक र चीनले महामारीको अनुभवको समीक्षा गरेको संयुक्त प्रतिवेदनले जनाएअनुसार यो महामारीमा कम्तीमा ६ प्रतिशत व्यक्तिलाई सघन उपचार चाहिने रहेछ र त्यो संख्याको एकचौथाइलाई भेन्टिलेटर चाहिने रहेछ । त्यसअनुसार काठमाडौंमाथि परिकल्पित परिदृश्यमा ६०० वटा सघन उपचार शड्ढया र १५० वटा भेन्टिलेटर चाहिने रहेछन् । अहिले २०११मा भन्दा त केही बढी सघन उपचार शड्ढया र भेन्टिलेटर उपलब्ध होलान् । तर, सघन उपचार शड्ढया र भेन्टिलेटर चाहिने बिरामीले त्यस्ता उपचार सेवा पाउन सकेनन् भने कोभिड–१९को मृत्युदर नेपालमा चीन वा अन्य पश्चिमा देशमा भन्दा बढी हुनेछ । कोरोना भाइरसको संक्रमणको सबैभन्दा धेरै पीडादायी चुनौती नेपाललाई यही हुनेछ ।

प्रकाशित मिति: : 2020-03-17 05:00:50

प्रतिकृया दिनुहोस्