सोमबार, १५ डिसेम्बर २०२५

‘सनई’ पुस्ताका अन्तिम वादक, कसले थाम्ला बिँडो?

News Image
• • •

छिल्लो पुस्तामा नेपाली लोकबाजा भाँती पुर्‌याएर बजाउने कमै मात्रामा पाइन्छन्। लोकबाजाकै राजा मानिने सनई-वादक भेटाउन हम्मे पर्छ अचेल।

झन् युवा पुस्ताबाट सनई-वादक पाउन निक्कै गाह्रो पर्छ।

यस्तो बेलामा सनईबाट ५४ धुन (राग) निकाल्नसक्ने व्यक्ति पाउन कहाँ सजिलो हुन्छ र!

अरुण उपत्यका संस्कृति अनुसन्धान केन्द्रका महासचिव कमल खत्री अब लोकबाजा-वादक अन्तिम पुस्तामै पुगेका बताउँछन्। ‘संरक्षणका लागि केही पहल हुँदै छ, नयाँपुस्ताले पुरानाजस्तो धुन बजाउन सक्दैन,’ खत्री भन्छन्।

उनका अनुसार सनईका राग निकाल्नेको संख्या लोप भइसकेको छ। एकोहोरो सनई बजाउनेको संख्या प्रशस्तै भए पनि राग निकाल्नसक्ने सनाई-वाधक भेटाउन मुस्किल पर्ने गरेको उनको भनाइ छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!