कोरोना संक्रमितलाई सहयोग गर्न पोग्बाद्वारा अक्षयकोष स्थापना

एजेन्सी

एजेन्सी

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले कोरोना भाईरस संक्रमितलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका छन् । पोग्बाले आइतबार ‘हेल्प फाइट थिस वार अगेन्ट्स कोभिड’ नामक अक्षयकोष स्थापना गरेका छन् ।

फ्रान्सका मिडफिल्डर पोग्बाले २७ औं जन्मदिनको अवसरमा कोष स्थापना गरेका हुन् । कोषबाट उठेको रकम पोग्बाले युनिसेफमार्फत कोरोनाले प्रभावित बालबालिकाका लागि खर्च गर्ने छन् । यस्तै यसबाट उठेको रकमले कोरोनाको उपचारमा संग्लग्न स्वास्थ्यकर्मीलाई डिस्पोजल ग्लोभ्स, सर्जिकल मास्क र भेन्ट गगल्सहरु उपलब्ध गराउने छन् । उनले हरेक दिन २७ हजार पाउण्ड सहयोग जुटाउने उद्देश्य रहेको बताएका छन् ।

प्रकाशित मिति: : 2020-03-16 20:18:38

प्रतिकृया दिनुहोस्