न्युयोर्क कोरोना भाइरस संक्रमित नम्बर १ राज्य, तीनको मृत्यु, ७२९ संक्रमित

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

नेपालीहरूको बाक्लो बसोबास भएको न्युयोर्कले कोरोना भाइरस संक्रमितको संख्यामा सबै राज्यलाई उछिनेको छ। पछिल्लो आँकडा अनुसार न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ७२९ पुगेको छ भने तीनजनाको निधन पनि भैसकेको छ।

केही दिनयता न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या अत्यासलाग्दो किसिमले बढिरहेको छ। यो वृद्धिसँगै न्युयोर्कले बाँकि सबै राज्यलाई कोरोना भाइरस संक्रणमा सबैलाई पछि पारेको हो ।

नेपालीहरूको बाक्लो बसोबास भएको अमेरिकाको न्युयोर्कले कोरोना भाइरस संक्रमितको संख्यामा सबै राज्यलाई उछिनेको छ। पछिल्लो आँकडा अनुसार न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ७२९ पुगेको छ भने तीनजनाको निधन पनि भैसकेको छ।

न्युयोर्कपछि क्रमश: वासिङ्टनमा ६४२, क्यालिफोर्नियामा २८६, मासाचुसेट्समा १३८, फ्लोरिडामा ११५ र कोलोराडोमा १०१ संक्रमित भेटिएका छन्। यीसँगै ४९ राज्यमा ३१५० अमेरिकी संक्रमित भैसकेका छन्। अमेरिकामा संक्रमित नभएको राज्य अब एक मात्र बचेको छ, वेस्ट भर्जिनिया। राजधानी वासिङ्टन डीसी र अमेरिका शासित पुर्टोरिको र भर्जिन आइल्याण्डमा पनि संक्रमण पुगिसकेको छ।

अमेरिकामा ६२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भैसकेको छ। मृत्यु हुनेमा वासिङ्टन डीसीमा ४०, क्यालिफोर्नियामा ५, फ्लोरिडामा ४, न्युयोर्कमा ३, न्युजर्सी र लुजियानामा २-२, क्लोराडो, ओरेगन, कान्सास, भर्जिनिया, साउथ डाकोटामा १-१ रहेका छन्। 

प्रकाशित मिति: : 2020-03-16 15:46:51

प्रतिकृया दिनुहोस्