अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

बिएल संवाददाता

काठमाडाै‌ं

अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन्। उनको प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट भएको हो। प्रियंका र सफलको शुक्रबार इन्गेजमेन्ट भएको हो।

इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो। सफल पेसाले इन्जिनियर हुन्। 

प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राम मार्फत आफू सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्। इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन्।

उनले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी थिइन्।  अनमोलकै सिफारिसमा ‘क्याप्टेन’ मा प्रियंका भित्रिएकी थिइन्।  तर उनले याे चलचित्रबाट सोचे जस्तो चर्चा पाउन सकिनन्। यो चलचित्रपछि उनलाई कुनै अफर भएको छैन। चलचित्र नै अफर नभएपछि उनले विवाह गर्ने निर्णय लिएकी हुन्।

प्रकाशित मिति: : 2020-03-16 02:54:42

प्रतिकृया दिनुहोस्