फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारका लागि तोकिएको मूल्य बार्सिलोनालाई जानकारी गराएको छ।
पीएसजीले नेयमार लैजाने भए बार्सिलोनाले कुल १६७ मिलियन अमेरिकी डलर तिर्नु पर्ने प्रस्ताव गरेको छ। पीएसजीले नेयमारलाई विश्व कीर्तिमानी मूल्य २६५ मिलियन अमेरिकी डलरमा सन् २०१७ मा अनुबन्धित गरेको थियो।
नेयमारको सम्बन्ध पीएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोसँग राम्रो नरहेको बताइन्छ। गएको ट्रान्सफर विण्डोमा नेयमार बार्सिलोना जान चाहन्थे, तर लियोनार्डोकै कारण सो प्रयास सम्भाव नभएको दाबी छ।
तर अहिले लियोनार्डो नेयमारलाई बार्सिलोना वा अरु कुनै क्लब जान दिने मनसायमा रहेका छन्।