रासस
ललितपुरका ५० हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए।
‘नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ’, उनले भने, ‘मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो।’
अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ। वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पुर्याउन अनुरोध गरे।
‘मुलुकमा बढ्दै गएको कोरोनाको सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ’ उनले भने।
गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाब दिइन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया