१९ चैत, काठमाडौं । राजधानीमा यसैसाता सम्पन्न दुई दिने लगानी सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादव ‘उपेक्षित’ बनेको विषयले निकै चर्चा पायो। त्यसो त सम्मेलनमा उनले अंग्रेजीमा गरेको भाषण पनि कम ‘चर्चायोग्य’ थिएन।
मन्त्री यादवले सम्मेलनको पहिलो दिनमा उद्योगसम्वन्धी सत्रको अध्यक्षता गरेका थिए। सबै प्यानलिस्टहरुले बोलिसकेपछि अन्त्यमा उनले मन्तव्य दिने पालो आयो। सहजकर्ता प्रदिपकुमार श्रेष्ठले तपाईंलाई ‘अनुवादक चाहिन्छ कि ?’ भनेर पनि सोधे। मन्त्री यादवले नचाहिने संकेत गरे। उनको लिखित भाषण अंग्रेजीमै रहेछ।