१६ वर्षपछि तेलेगु चलचित्रका स्टार गोपीचन्द खलनायक बन्ने भएका छन्।
रजनीकान्तको आगामी चलचित्रमा उनी खलनायक बन्न लागेका हुन्। सन् २००४ मा ‘याग्नम’ चलचित्रमा खलनायकमा गोपीचन्द पहिलो पटक नकारात्मक भूमिकामा देखिएका थिए।
उनी खलनायक बन्न लागेको चलचित्रको नाम भने ‘अन्नात्थे’ रहेको छ। यो चलचित्र आगामी महिनाबाट फ्लोरमा जानेछ। चलचित्रमा रजनीकान्त दाइको भूमिमा देखिनेछन्।
शिवाको निर्देशनमा तयार हुने चलचित्रमा उनीहरूका अलावा कीर्ति सुरेश, मिना र खुस्बुको मुख्य भूमिका रहनेछ। चलचित्र आगामी वर्षको तिहारमा रिलिज हुनेछ।