इटालीयन क्लब युभेन्ट्सका डिफेन्डर डानीली रुगानी र पाउलो डिबालामा कोरोनाको सङ्क्रमण देखिएपछि क्लबले सबै खेलाडीलाई क्वारेण्टाइनमा राखिएको छ। क्लबले खेलाडीसँगै प्रशिक्षक स्टाफ, व्यवस्थापक, र अरु कामदार गरी १ सय २१ जनालाई सेल्फ क्वारेण्टाइनमा राखेको छ।
पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो हाल घरेलु भूमीमा क्वारेन्टाइनमा रहेका छन्। रोनाल्डो आफ्नो परिवारसंग सात तले घरको माथिल्लो दुई तलामा बस्दै आएका छन् जुन उनले हालै किनेका थिए।
तर पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका छन्।
‘म यो मुद्दाविरुद्ध कुरा गर्न सक्दिन, तर म भन्न सक्छु कि अवस्थालाई राम्रोसँग नियालिएको छ।’ उनले भने, ‘अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ।’
क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन्।
रोनाल्डो सम्मिलित टिम युभेन्ट्सले स्पालविरुद्ध २–१ ले विजयी हुँदा रुगानीसँग ‘ड्रेसिङ’ रुममा अन्य खेलाडीले हात मिलाएका थिए भने उनले ट्वीटरमा आफुसँगै युभेन्ट्सका सबै खेलाडीले जितपछि खुसियाली मनाउँदै गरेको फोटो हालेका थिए।
युभेन्ट्सकै डिबालालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। तर युभेन्ट्सले त्यसलाई अस्विकार गरेको थियो।
सिरी ’ए’ तर्फबाट भने यसको पुष्टि भइसकेको छ।
संक्रमित ब्यक्तिसँग सम्पर्क भएका अन्य ब्यक्तिलाई कानुन अनुसार प्रकिया अघि बढाउन सिरी ’ए’ ले भनेको छ।