‘औंलाका टुप्पोहरुमा फोका उठ्थे। फोका फुटेर औंलामा चिरा चिरा पर्थ्यो। बिरामी औंलाहरूले कतै छोइहालेमा नराम्रोसँग मुटुमा सुल हानेझैं हुन्थ्यो। यस्तो बिजोग भएर नि कसले सरोद बजाउँछ ? ‘नोस्टाल्जिक’ हुन्छन् सुदर्शन राजोपाध्य। सरोदका तारहरूबाट निस्किएको धुनले भने दुखाई कम गर्थ्यो। अझ रागहरु निकाल्न लोभ लाथ्यो। त्यही लोभ र उत्कट चाहनाका अगाडि सुदर्शन राजोपाध्यका औंलाहरू दुखे पनि सरोदका रागले पीडा सामान्य बनाइदियो। त्यही साधनाले शास्त्रीय संगीतको अब्बल संगीतकार बने उनी।
‘मलाई हातको दुखाइभन्दा सरोदबाट निस्किएका धुनले बढी आनन्द दियो। प्रण गरें, जसरी पनि सिकेरै छाड्छु। त्यहि प्रणले सरोदसँग नाता गाँसेको तीन दशक नागेछ, त्यो दुखाइ संघर्ष अहिलेको सफलता मान्छन् उनी। सुदर्शनका सरोदका धुन थुप्रै देशमा गुञ्जिए। सयौं मानिसहरू सरोदको रागमा मोहित भए।