आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ। चेक जाँचको क्रममा उनमा कोरोनाको पोजेटिभ लक्षण देखिएको छ।
‘यो निकै निराशाजनक क्षण हो’, ३७ बर्षका अर्टेटाले भनेका छन्,‘निकै गलेको महशुश भएपछि मैले परिक्षण गरेको थिए। जति सक्दो चाँडो काममा फर्कनेछु।’
आर्सनलले आशंका गरिएका केही व्यक्तिलाई छुट्टै राखेर जाँच प्रक्रिया अघि बढाएको छ। त्यसमा फुटबल टिमका अधिकांश सदस्य समेत रहेका छन्।
अर्टेटामा देखिएको लक्षणसँगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ।
आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ।
विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ। बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय लिनेछ।
कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित भएको थियो। बेलायतमा फैलदो कोरोनाको संक्रमणले प्रिमियर लिग क्लबका खेलाडी र अफिसियललाई समेत प्रभावित पारेको छ।
बिहिबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भएको पुष्टि भएको छ।