विमानस्थलमा कोरोना नभएको प्रमाणित हुने कागजात अनिवार्य

रातोपाटी

काठमाडौं

 सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ । 

कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको पनि सरकारले जनाएको छ ।

प्रकाशित मिति: : 2020-03-13 06:13:55

प्रतिकृया दिनुहोस्