एजेन्सी
इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करण कारोना भाइरसको चपेटामा परेको छ।
भारत सरकारले कोरोनाको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेपछि मार्च २९ बाट सुरु हुने आइपीएल हुनेमा शंका उब्जिएको हो। भारत सरकारले राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको छ। यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ।
तर आइपीएल तोकिएको मितिमा खेलाउने कि रोक्ने विषयमा शनिबार निर्णय हुने भएको छ। आइपीएल गर्ने कि रोक्ने विषयमा छलफल गर्ने शनिबारका लागि प्रशासनिक निकायको बैठक डाकिएको हो।
विदेशी खेलाडी र प्रशिक्षकले भारतको भ्रणम गर्दा बी स्पोट्स भिसा पाउने गरेका छन्। भारतले खेलाडीलाई दिने भिसा रद्द गरेको हो वा होइन स्पष्ट परेको छैन।
नेपालका लेग स्पिनिर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट तेस्रो पटक खेल्ने पक्का भएको पक्का थियो। दिल्लीले सन्दीप सहित १२ खेलाडीलाई रिटेन गरेको थियो। दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया