अब त चेत सरकार ! अझै महामारी कुर्ने ?

स्कुल, कलेज तथा विश्वविद्यालयहरु तुरुन्तै बन्द गरियोस्, विदेशबाट आउनेहरुलाई रोक लगाइयोस्

रातोपाटी

काठमाडौं

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ । यो अवस्थामा अब नेपाल सरकारले पनि तत्कालै कठोर र कडा कदम चाल्न तीघ्रा कमाउन छोडेर मुटु दह्रो बनाउने बेला आएको छ ।

विदेशबाट आएका देशी विदेशी पर्यटकहरुलाई थर्मल स्क्यानको भरमा गरिने नाममात्रको परीक्षण अनि रुघाखोकीको आशंकामा आफैं जँचाउन अस्पताल गएकाहरुमा कोरोनाभाइरसको संक्रमण देखिएन भनेर ढुक्क भएर बस्ने अवस्था अब छैन भन्ने चेत सरकारमा तत्कालै खुल्नु जरुरी छ । अब पर्ख र हेरको अवस्था छैन कोरोनाविरुद्ध लड्नको लागि । अब लिनुपर्ने नीति भनेको आक्रामक नीति हो ।

प्रकाशित मिति: : 2020-03-12 21:58:01

प्रतिकृया दिनुहोस्