बिएल संवाददाता
जिम्बावेविरुद्धको दुई खेलको टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज बंगलादेशले क्लिन स्विप गरेको छ। ढाकामा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज २-० ले जितेको हो।
जिम्बावेले दिएको १ सय २० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १५.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो। बंगलादेशको जितमा ओपनर लिटन दास ६० रनमा अविजित रहे। उनले ४५ बलमा ८ चौका सहित ६० रन बनाएका थिए। यता मोहम्मद नईम ३४ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भए।
सौम्य सरकारले १६ बलमा २ छक्का सहित २० रनमा अविजित रहे। जिम्बावेका क्रिस एमपुफुले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। जिम्बावेका लागि ब्रेण्डन टेलरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। टेलरले ४८ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाएका हुन्।
यता क्रेग इरबिन २९ र सिकन्दर राजाले १२ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।
बंगलादेशका मुस्ताफिजुर रहमान र अल अमिन हसनले २–२ विकेट लिए।
यसअघि सोमबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया