बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ ।
मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन्। कन्जर्भेटिभ पार्टीकी सांसद डोरीज कोरोना भाइरसबाट संक्रमति हुने पहिलो सदस्य रहेको बिबिसीले जनाएको छ ।
स्वास्थ्यमन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन् । आमालाई पनि सामान्य रुघाखोकी लाग्न थालेको उनले बताएकी छन् ।
कोरोनाका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ। बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ। बेलायतमा कोरोनाका कारण छैटौँ व्यक्तिका रुपमा एक जना ८० वर्षीय पुरुषको ज्यान गएको हो ।