‘देउवाको विकल्पमा पहिलो म नै हो’

रामचन्द्रजी जस्तो मान्छेले मुख सम्हालेर बोल्नुपर्छ : गोपालमान श्रेष्ठसँगको अन्तरवार्ता

 नेपाली काँग्रेसमा लामो समयदेखि वरियताका लागि सङ्घर्ष गरिरहेका गोपालमान श्रेष्ठलाई १७ फागुनबाट सन्तोषको सास फेर्ने अवस्था बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको विरोधका बाबजुत सभापति शेरबहादुर देउवाले पार्टीको महत्त्वपूर्ण मानिने सङ्गठन विभाग प्रमुखको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएका छन् । पार्टी पूर्व पदाधिकारीमा आफू सबैभन्दा वरिष्ठ भएको श्रेष्ठको दाबी रहँदै आएको छ । देउवा नेतृत्वको तत्काली काँग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै एकीकृत काँग्रेसको उपसभापति बनिसकेकाले उनी वरिष्ठ नेताको दाबी राख्छन् । सभापति देउवाले आफूलाई आश्वासन दिएको तर पूरा नगरेको श्रेष्ठको गुनासो सुनिन्छ । पार्टीभित्रको विरोधका बीच सङ्गठन विभागको काम कारबाही कसरी अगाडि बढ्छ, अब वरियताको लडाइँ सकिएको हो र संस्थापन पक्षमा देउवाको उत्तराधिकारी को भन्ने विषयको पेरिफेरीमा रहेर श्रेष्ठसँग गरेको कुराकानी प्रस्तुत छ :

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुत सभापति शेरबहादुर देउवाले पार्टीका २० केन्द्रीय विभाग प्रमुख तोक्नुभयो । त्यसमा तपाईंले सङ्गठन विभागको जिम्मेवारी पाउनुभएको छ । अब कसरी अघि बढ्ने योजना बनाउँदै हुन्छ ?

पार्टीका विभागहरु धेरै पहिले बन्नुपथ्र्यो । सभापतिजीले सहमतिमै अगाडि बढ्छु भन्दा यति समय वित्यो । विशेषत रामचन्द्रजीसँग सहमतिका लागि कोसिस गर्नुभयो । रामचन्द्रजीसँग विभाग प्रमुखको नाम माग्दा उहाँले दिन्छु दिन्छु भन्दै यहाँसम्म पुर्याउनुभयो । हप्ता दिन, दुई महिना भन्दाभन्दै ४ वर्ष बित्न लाग्यो । तर मैले त सभापतिजीलाई बीच बीचमा भन्दै आएको थिएँ, तपाईं साथीहरुको सहमतिबाट गर्छु भन्नुहुन्छ । साथीहरुले तपाईंलाई सहयोग गरेको मैले देखेको छैन । तपाईंको अधिकार हो । आफ्नो अधिकार भित्रका कामहरु गरिहाल्नुहोस् । होइन भने भोलि शेरबहादुरले आफ्नो कार्यकालमा काम गर्नसक्नु भएन । उहाँ असक्षम सभापति हो भनेर प्रमाणित गर्न खोजिँदैछ भनेर भनेको थिएँ । समयमै पार्टीका सबै साथीहरुलाई एउटै बास्केटमा राखेर निर्णय लिएको भए राम्रो हुने थियो ।

प्रकाशित मिति: : 2020-03-11 11:15:38

प्रतिकृया दिनुहोस्