डिसहोम अब मोबाइलमा हेर्न मिल्ने, यसरी गर्न सकिन्छ प्रयोग

डिसहोम मिडिया नेटवर्कले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने एप ल्याएको छ। कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत् मोबाइलमा टीभी हेर्ने व्यवस्था गरेको हो।

कम्पनीले ‘डिस होम गो’ नामक एप्लिकेसन ल्याएको छ। कम्पनीका अनुसार सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानललाई इन्टरनेटको ओटीटी (ओभर द टप) प्रविधिमार्फत् मोबाइलमा उपलब्ध गराइनेछ। यसका लागि प्ले स्टोरबाट ‘डिसहोम गो लाइभ ओटीटी’ एप डाउनलोड गरेको हुनुपर्छ। कम्पनीले उक्त एपमा इन्टरनेट कनेक्सन हुँदाको समयमा २० वटा च्यानल हेर्न सकिने व्यवस्था मिलाएको छ।

मोबाइलबाट डिसहोम कसरी हेर्ने ?

मोबाइलबाट डिसहोम हेर्न उपभोक्ताले ओटीटी डाउनलोड तथा रजिस्टर गरेको हुनुपर्छ। उपभोक्ताले गुगल प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट डिसहोमको मोबाइल एप डाउनलोड गरेर डीटीएच कनेक्सनको ग्राहक आईडी प्रयोग गरी रजिस्टर गर्नुपर्छ। यसअघि एप डाउनलोड गरेका प्रयोगकर्ताले एपलाई अपडेट गर्नुपर्छ।

डिसहोमको एपमा लगइन गरिसकेपछि उपभोक्ताले ‘ओटीटी बटन’मा क्लिक गरी त्यसभित्र नयाँ रजिस्ट्रेसनमा गएर त्यसबाट युजर नेम र पासवर्ड प्राप्त गर्न सकिन्छ। त्यसपछि पासवर्ड रिसेट गरेर आफ्नो अनुकुलको पासवर्ड राख्न सकिन्छ। सो युजरनेम र पासवर्ड प्रयाग गरेर ‘डिसहोम गो’ एपमार्फत् टेलिभिजन च्यानल हेर्न सकिन्छ।

पासवर्ड बिर्सेको खण्डमा डिसहोम एपमा गएर त्यहाँ रहेको ओटीटी बटनभित्रको ‘भ्यु क्रेडेन्सियल’ मा हेर्न सकिन्छ।

प्रकाशित मिति: : 2020-03-11 10:34:44

प्रतिकृया दिनुहोस्