तातोपानी नाका २० दिनका लागि बन्द

बिएल संवाददाता

सिन्धुपाल्चाेक

तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ। 

सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि ( बिहीबार २१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिए। 

 तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नभएको पनि भन्सार प्रमुख खत्रीले बताए। 

प्रकाशित मिति: : 2021-01-20 17:25:00

प्रतिकृया दिनुहोस्