साबिक विजेता युभेन्ट्स इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति घरेलु मैदान टुरिनस्थित एलिएन्ज स्टेडियममा भएको खेलमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै युभेन्ट्स पुनः शीर्षस्थानमा पुगेको हो।
युभेन्ट्स लागि ५४ औँ मिनेटमा आरोन रामसी तथा ६७ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे। ७९ औँ मिनेटमा पाडेलीले सीधै रातो कार्ड पाएपछि इन्टर मिलान १० खेलाडीमा सीमित भएको थियो।
जितपछि इन्टर मिलानको २६ खेलबाट ६३ अंक भएको छ। दोस्रो स्थानमा झरेको लाजिओको समान २६ खेलबाट ६२ अंक छ।
तर यो खेल युभेन्ट्सले दर्शक बिनै खेलेको थियो। इटलीमा हालस्म कोरोना भाइरस अर्थात कोभिड १९ले गर्दा ३६६ जनाको मृत्यु भएको छ। भने संक्रमितको संख्या अहिले सात हजार ३७५ पुगेको छ।
यही कारणले इटलीमा फुटबल खेलहरु क्लोज डोर्स (दर्शक बिनै) खेलाउन थालिएको हो। जसको असर फ्यान र खेलाडीमा पर्यो। युभेन्ट्स र इन्टर मिलान बीचको खेल खाली मैदानमा भयो। जहाँ दर्शकको उपस्थिति थिएन।
यसको असर रोनाल्डोमा पनि देखियो। उनले मैदान जानुअघि प्यानसंग हाई फाइभ मिस गरे। दर्शक नभए पनि उनले हाई फाइभ गरेको बहाना गरे। टिम बसबाट बाहिर निस्केपछि फ्यान नभए पनि उनले यसो गरेका हुन्।
इन्टर मिलानका अध्यक्ष स्टेभेन झाङले क्लोज डोर्समा खेल्ने अभियानको समर्थन गरेका छन् ।