प्रधानमन्त्रीको शरीरमा जडिएको जवान मिर्गौलाको कथा

किशोर नेपाल

समाचार अनुसार, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्यमा दिन दुई गुणा र रात चौगुना प्रगति भइरहेको छ। समीक्षा संग्रौलाको तन्नेरी शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा ‘फिट’ भयो।

सरकारी समाचारहरूले समीक्षाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिएको भ्रम छरे पनि तथ्य त्यसको ठीक विपरीत छ। समीक्षाले प्रधानमन्त्री ओलीले आफ्ना आधा–अधुरा सपना पूरा गर्न सकुन् भनेर मिर्गौला दिएकी पक्कै होइनन्। उनका पनि केही अभिलाषा पक्कै होलान्। प्रधानमन्त्री ओलीले समीक्षाको भविष्य सुरक्षित राख्न निकै ठूलो योगदान दिएको चर्चा पनि अहिले राजनीतिक बिरादरीमा चलेको छ। सम्भवतः अब समीक्षाले झापा फर्किरहनुपर्ने छैन। उनका लागि काठमाडौं उपत्यकामा नै बसोबासको प्रबन्ध भइसकेको छ। प्रधानमन्त्री ओलीलाई समीक्षाले लगाएको गुन र्बिर्सिनसक्नु छ। उनको जवान मिर्गौलाले ओलीको उनन्सत्तरी वर्षको बूढो शरीर धानेको छ। कुन्नि किन हो, विदेशतिरका चिकित्सकहरू बुढो शरीरमा तन्नेरी अंगहरूको प्रत्यारोपणलाई अप्ठेरो प्रक्रिया मान्दा रहेछन्। धन्न, नेपालका चिकित्सकहरूले त्यस्तो अप्ठेरो 'फिल' गरेनछन्।

प्रकाशित मिति: : 2020-03-09 22:38:31

प्रतिकृया दिनुहोस्