६ दिनदेखि प्रधानमन्त्री अस्पतालमा, कसरी चलेको छ देश ?

रातोपाटी

काठमाडौं

काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अस्पतालको बेडमा उपचाररत छन् । सबै नेपालीले प्रधानमन्त्रीको शीघ्र स्वास्थलाभको कामना गरिरहेका छन् । प्रधानमन्त्री ओलीले शनिबारै फागुन २६ गते सोमबारसम्म आफूलाई अस्पतालबाट डिस्चार्ज गर्न चिकित्सकहरुलाई आग्रह गरिसकेका छन् । राज्य सञ्चालनमा प्रमुख कार्यकारीको भूमिका लामो समय निस्क्रिय नहोस् भनेर नै उनले यस्तो आग्रह गरेको अनुमान गर्न सकिन्छ । तर, चिकित्सकहरुले भने प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिइरहेका छन् । मुलुकको कार्यकारी प्रमुख नै अस्पतालमा भर्ना भएको समयमा विश्वव्यापी रुपमा कोरोरा भाइरसको सन्त्रास बढ्न पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमित नपाइए पनि यसको रोकथाम, निगरानी, बजारमा देखिएको कृत्रिम अभावजस्ता विषयलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न, नीतिगत निर्णय गर्न प्रमुख कार्यकारीको भूमिका आवश्यक देखिन्छ ।

प्रकाशित मिति: : 2020-03-09 20:58:42

प्रतिकृया दिनुहोस्