लिग लिडर वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ।
आइतबार राति भएको खेलमा वायर्नले अग्स्बर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो। वार्यनको जितमा थोमस मुलर र लियोन गोर्टेज्काले समान एकएक गोल गरे।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको वायर्नले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ५३ औं मिनेटमा मुलरले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए।
त्यसपछि खेलको ९० औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए।
जितसँगै शीर्ष स्थानको वायर्नले २५ खेलबाट ५५ अंक जोडेको छ। २७ अंक जोडेको अग्स्बर्ग १४ औं स्थानमा रहेको छ।