जमुना दाहाल
आज नारी दिवसको शुभकामना
ती नारीहरुलाई जो सक्षम छन्, स्वास फेर्न
आफूलाई पल–पल लुकाएर, भागेर, ढाकेर, छोपेर
भाग्न पनि कतिदेखि भाग्नु ?
दोबाटोमा ढुक्नेहरुसँग
अंध्यारोमा मौका छोप्नेहरुसँग
एसिड बोकी हिड्नेहरुसँग
अरुको छोरी–चेली बेच्ने र किन्नेहरुसँग
कार्यालयमा गिद्धेनगर लागाउनेसँग, गाडी–मोटरमा टासिन आउनेसँग ?
त्यतिबाट बचेपछि
उसका पाइला–पाइलामा पेरामिटर लगाइएको छ ।
उसको इच्छा, आकांक्षा र सोच सबैमा तगारो सजाईएको छ ।
ऊ, केही कदम आमासँग रोएर, बा को अगाडि मुख–मुखै लागि अटेरी भएर
घरदेखि निस्किन चाहदा उसको ठेक्का समाजले लिएको
नहाँसे, नबोले, घोसे अरे उत्ताउली भन्छन् – देख्दा हाँसेको
घर बसे बेकामे, केही गर्न खोजे भन्छ, पोथी बासेको
कमाएको धनमा पनि शंकाको नजर लगाइन्छ ।
यत्ति सम्पत्ति कसरी कमाउदै–छे ?
भन्छन् धेरै दिनदेखि आधिरातमा घर आउदै छे
प्यारो समाज,
तिम्रो छोरो नि, कामदेखि राति नै फर्किन्छ,
ऊ नी पुरुष मोर्चाको अध्यक्ष त होइन
हिजो तिम्रोमा आपत परेको बेला एम्बुलेन्सलाई फोन गर्दा केटीले नै उठाकी थी, याद छैन ?
हे नर, तिम्रो तेस्रो नेत्र नभएनि मस्तिष्कको पोराहरु खोल
मनमा जे छ, मुखदेखि नी त्यही बोल
सामाजिक सञ्जालमा नारी दिवसको शुभकामना छरेर केही हुन्न ।
जबसम्म एउटी नारीलाई पुरुष बराबर ठान्दैनौं,
परिवारको नारीहरुलाई अघि बढाउन मान्दैनौं ।
समाजमा नारी पुरुष बीचको, यो कस्तो भेद्भाव हो ?
जब उ र उसको दाई बसेको कोख त एउटै थियो ।
जुन हातले नारी मुर्ती पुज्दैछ ।
त्यही हातले नारीको अस्मिता लुट्दै छ ।
शब्दले होइन व्यबहारले नारी दिवस मनाऔं
इज्जत गरौं नारीको तिम्रो घरको होस् कि मेरो
अनि, आफै स्वस्थ रहन्छ समाजको सेरोफेरो ।
हे नर, तिमी युग पुरुष बन
एउटी नारीलाई सम्मान गर, आबश्यक अनुसार समर्थन गर
नारी दिवसको शुभकामना – भन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया