८ मार्चमा संसारभरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यसको सुरुवात आजभन्दा करिब एक शताब्दी अघि समाजवादी आन्दोलनमार्फत् भएको थियो ।
आज यसको स्वरुप निकै परिवर्तन भइसकेको छ । संसारका हरेक भागमा महिला दिवस भिन्न तरिकाले मनाइन्छ ।
तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसबारे मिडियामार्फत् थाहा पाउनुभएको होला वा कतिले साथीमार्फत् यसबारे जानकारी पाउनुभएको होला । तर यो अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ त ?
यो कुनै उत्सव हो कि विरोधको नयाँ तरिका ? र के यसै गरी अन्तर्राष्ट्रिय पुरुष दिवस पनि मनाइन्छ त ?