स्वास्थ्य, सुरक्षा, हवाई सेवा, निजामती सेवा, न्याय क्षेत्र र पत्रकारितामा पुरुषजत्तिकै खट्छन् महिला
छिल्ला केही वर्षयता नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको चर्चा बढेको छ । महिलाले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकसहित विभिन्न क्षेत्रमा झेल्नुपरेका समस्या र यसको अवस्थाबारे वकालत गर्ने र जागरुक बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो वर्ष संसारभर ‘एन एक्वाइल वल्र्ड इज एन इनेबल वल्र्ड’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
श्रमिक महिलाको हकअधिकार स्थापित गर्न मनाइने महिला दिवस नेपालमा मनाउन थालिएको करिब पाँच दशक नाघिसकेको छ । तर, सहरमा महिला दिवसबारे चर्चा भइरहँदा गाउँ तथा सुदूर बस्तीमा बस्ने महिला, जो सामाजिक आर्थिक रूपमा पिछडिएका छन्, उनीहरू महिला दिवसबारे बेखबर छन् । खासगरी, आपतकालीन सेवामा जोडिएका महिलाको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । स्वास्थ्य, सुरक्षा, हवाई सेवा, शिक्षा, न्याय क्षेत्रमा महिलाको प्रवेश बढ्दो क्रममा रहेको छ । महिला दिवस मनाइरहँदा पनि यी सेवामा लागेका महिला आफ्नो ड्युटीमा खटिएकै हुन्छन् । उनीहरूले चाहेर पनि बिदा बस्न पाउँदैनन् ।