भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्वार गरिएको छ। कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षिया किशोरीको उद्वार गरिएको हो।
भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उनको उद्वार गरेको हो। शिवरात्रीका दिन मेलामा गएकी किशोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए।
शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईका अनुसार खुनुवा नाका हुदैँ भारत प्रवेश गरेको सुचनाका आधारमा भारतीय प्रहरीसँग समन्वयन गरी उद्वार गर्न सफल भएको हो।
उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारको जिम्मा लगाइएको छ। उनलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए।