हाकिमको ‘माैखिक’ निर्देशनकै भरमा रोकियो एक शिक्षकको पाँच वर्षदेखि सेवासुविधा

सन्तोष भट्टराई

‘हुकुमी शासन’को झल्को दिने गरी मौखिक निर्देशनकै भरमा एक जना शिक्षकको तलब सुविधा पाँच वर्षसम्म उपदान लगायतका सुविधा रोक्का गरेको तथ्य भेटिएको छ। उदयपुर कटारी नगरपालिका–८ स्थित वीरेन्द्र आवासीय विद्यालयका तत्कालीन अस्थायी शिक्षक मुंगालाल चौधरीले पाउने ८ लाख बराबरको उपदान लगायतका सुविधा निर्देशनकै भरमा रोक्का गरिएको हो।

विद्यालय शिक्षक किताबखानाका महानिर्देशक दिनेशकुमार श्रेष्ठ छन्। स्रोतका अनुसार महानिर्देश श्रेष्ठको ठाडो निर्देशनमा चौधरीको तलबसुविधा रोक्का गरिएको हो। ‘उहाँ (चौधरी) को सेवा अवधि निरन्तर नदेखिइ बीचमा टुटेको देखिएपछि पठाएको तलब सुविधा रोक्का गरेका हौँ,’ श्रेष्ठले काठमाडौंप्रेससँग भने,‘हामीले शिक्षा मन्त्रालयलाई पत्र लेखी पठाएका छौँ, मन्त्रालयबाट जवाफ आउने वित्तिकै कार्यान्वयन हुन्छ।’

प्रकाशित मिति: : 2020-03-08 02:35:35

प्रतिकृया दिनुहोस्