राजपा–समाजवादी एकता : ‘टप टेन’ नेता नै समस्या

नवीन झा

काठमाडौं

राजपा नेपाल र समाजवादी पार्टीबीच एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक बनेको छ । दुवै पार्टीका नेताहरूले प्रयास भइरहेको र चाँडै एकता हुने दाबी गरे पनि झन्डै डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लोपटक भने दुवैतर्फका शीर्ष १० नेताको व्यवस्थापन उल्झनजस्तो देखिएको छ । 

एकताका लागि संवादमा रहेका दुवैतर्फका नेताहरूका अनुसार सैद्धान्तिक सहमति बनिसकेको छ । फेरि एकतामा ढिलाइ किन ? राजपा र समाजवादीकै नेताहरू अनौपचारिक संवादमा भन्छन्, ‘एकीकरणका लागि दुवै पक्ष तयार छन् । र, मूल कुरा दुवैतिरका शीर्ष नेतृत्वको व्यस्थापनमा अड्किएको छ ।’ शीर्ष नेतृत्वको व्यवस्थापन नै एकतामा सबैभन्दा पेचिलो मुद्दा बनेको छ । 

शीर्ष नेतृत्वको अधिकार र हैसियत व्यवस्थापनमा गाँठो परेको छ । दुवैतिरका नेताहरू भन्छन्, ‘समाजवादी चार र राजपाका ६ नेताको वरीयता, अधिकार र हैसियत कसरी मिलाउने भन्नेमा अल्झिएको छ ।’यसअघि कात्तिकको मध्यतिर उपेन्द्र यादवनिवास हात्तीवनमा भएको दुवै पक्षका शीर्ष नेताको बैठकमा एकीकृत पार्टीको नेतृत्व मोडलबारे छलफल भएको थियो । त्यसयता दुवै पक्षबीच अनौपचारिक कुराकानी चले पनि नेतृत्ववारे दुवै पक्ष मौन छन् । तर, शीर्ष नेता सबैले आफ्नो हैसियत र अधिकारबारे चाहिँ चासो राखेका छन् । 

प्रकाशित मिति: : 2020-03-06 21:21:28

प्रतिकृया दिनुहोस्